Wednesday, February 3, 2016

बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको निधन

12659830_10153869571061000_1184533707_n

नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको उपचारको क्रममा निधन भएको छ । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारकै क्रममा ८१ बर्षीय रायमाझीको निधन भएको हो । एक्कासी अचेत भएर लडेपछि नर्भिकमा भर्ना गरिएको रायमाझीको शवलाई अहिले प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको शवलाई आजै आर्यघाटमा दाहासंकार गरिने बताईएको छ । बलिउडमा करिब सय बढी चलचित्रमा नृत्य गरेका बसन्त जंग रायमाझी देशको मायाले नेपाल आएका थिए । उनले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग पनि चलचित्रमा नृत्य गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...