Thursday, February 25, 2016

१२ औ साग पुरुष फुटबल टिमलाई हार्दिक बधाई

footbal team

१२ औ सागको पुरुष फुटबलमा भारतलाई २-१ ले हराउदै नेपाल च्याम्पियन बनेको छ l नेपालले २३ बर्ष पछि सागमा च्याम्पियन बनेर स्वर्ण पदक हासिल गरेको हो l साग अन्तर्गत फुटबलमा नेपालले हासिल गरेको यो तेस्रो स्वर्ण पदक हो l यस अघि नेपालले १९८४ र १९९३ मा स्वर्ण पदक जित्न सफल भएको थियो l

नेपाली फुटबल टिमका प्रशिक्षक राजु शाक्यको नेतृत्वको यो टिम ले सम्पूर्ण नेपालीको खुशी चुमेको छ lकेहि समय अगाडी नेपाली फुटबल जगतमा छाएको निराशा लाई यो जितले सम्पूर्ण नेपालीको शिर ठाडो बनाएको छ l यो खुशीको माहौल यसै गरि सधै भरि नेपाली फुटबल जगतमा छाई रहोस l र बिजयी सम्पूर्ण नेपाली फुटबल टिम तथा अन्य खेलमा पदक जित्ने समस्त खेलाडी लगायत सबैलाई हाम्रो हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ l

बिनय अर्याल सीता पाण्डे
सभापति

सचिब
एबम सम्पूर्ण NSCII परिवार ,अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...