Friday, February 19, 2016

मानसिक सन्तुलन गुमाएका वृद्धको उद्धार

arbसुरुङ्गा (झापा), ८ फागुन । झापाको बुट्टाबारीमा एक दशकअघिदेखि साङ्लोले बाँधेर राखिएका मानसिक सन्तुलन गुमाएका वृद्धको उद्धार गरिएको छ ।

एकीकृत माओवादी विर्तामोड नगर कमिटीको पहलमा विर्तामोड नगरपालिका–५ बुट्टाबारीमा साङ्लोले बाँधेर राखिएका ६३ वर्षीय वृद्ध विष्णुमान राईको उपचार सुरु गरिएको हो ।

बिएन्डसी अस्पतालका मानसिक रोग विशेषज्ञ कञ्चन दाहालको टोलीले राईको उपचार शुक्रबारदेखि सुरु गरेको एकीकृत नेकपा (माओवादी) विर्तामोडका अध्यक्ष अरुण श्रेष्ठले बताउनुभयो ।

मानसिक सन्तुलन गुमाएका राईले साङ्लो खोल्ने बित्तिकै अरु मान्छेलाई आक्रमण गर्ने भएकाले साङ्लोमा बाध्नुपरेको भतिजा मोतिचन्द्रको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...