Friday, February 5, 2016

घुम्दै फिर्दै आयो तामागहरुको टे ल्हो छार पर्व ।

dig tamang

घुम्दै फिर्दै फेरि आयो तामांग ल्हो छार नेपालभरिका घर आंगनमा । हुन पनि नेपालमा औपचारिक रुपमा ६ वटा नयाँहरुलाई सरकारले नै मान्यता दिइ सकेका छन । माघको पहिलो हप्ता देखि अन्तिम हप्तामा आउने नयाँ बर्षलाई तामांगहरु ल्हो छार नै मुख्या चाडपर्व हो ल्होछार ।

तामांग भाषाको दृष्ट्र्किोणले हेर्ने हो भने सबैभन्दा बढि जनजातीले बोल्ने भाषा तामांग भाषा नै हन । कसरी भन्ने प्रश्न उठन सक्छ, यसको सहि उत्तर के भने, गुरुंगहरुले आफूहरुलाई तमु हौं भन्छन् भने तमुभाषा नै बोल्ने हो मतलब गुरुंग भाषा पनि तामांग नै हो, थकालीहरुले बोल्ने तामांग भाषा पनि तामांग नै हो साथै छन्ट्याहरुको मातृभाषा पनि तामांग नै ह्न । नेपाली तामांगहरुले ल्होछार मनाएको २८५२ बर्ष भयो अरे, यो तथ्यहरु काँहि पनि ताम्रापात्र, सिलापत्रहरुमा लेखेको पाइएको खबर काँहिबाट पनि पढ्ने मौका भने पाएको छैन ।

तर चीनमा ४,७१४ बर्ष भयो भने, नेपालमा किन १८६२ बर्ष पछि मान्न थाल्यो त ? यसको पनि सहि उत्तर छैन तर नेपालमा चलन चल्छीमा आउने रासी चिन्ह भने प्रयोग भएको पाइन्छ । १२ वटा जीवजनावरहरुको नामबाट नाम दिइएको छ । अथवा बद्ध भगवानको मृत्यु हने बेलामा सबै जीव जनवारहरुलाई अन्तिम दर्शन गर्न बोलाइएको थियो रे त्यहाँ अन्तिम गर्दन गर्न गएको जनवारहरुको नामबलीबाट बुद्धको अनुनियहरुले नयाँ बर्षलाई जनवारहरुको गन्न शुरु ग¥यो रे भन्ने चीनियहरुको शास्त्री पात्रोमा उल्लेख गरिएको गरिएको पाइन्छ ।

त्यसो हो भने गौतम बद्ध जन्मेर मृत्यभएको २५५२ बर्ष मात्रै भयो भन्न सकिन्छ, कसरी जीवजनवारहरुको नाम बाट राखे त नयाँबर्षको ? हो राख्यो अरे तर २५५२ बर्ष मात्रै हुनु होइन र ? बुद्धधर्मावल्मीहरुले भन्ने गर्दछन् अथवा खेन्पो –पडिण्तहरुले भन्ने गर्दछन् बुद्ध हिजो पनि थियो जस्को नाम हो नवबुद्ध, शाक्यमुनि बुद्ध गौतम हो भने , भविष्यको बुद्धको नाम मैत्री बुद्ध हन ।

मंसिरमा कोदो र धान बालीहरु घर भित्रयापछि, गहु छर्ने काम सकेपछि, माघेसंक्राँन्तीमा घरतरुल र सेलरोटी खाएर मनाए पछि, क्षेत्री बाहनहरुकोगाँउमा स्वस्थानीब्रत कथाको पूजा शरु हुन्थ्यो भने तामांग गाँऊ बस्तिमा घरघरमा धज्र्यु र लुुङतोर(हाम्रो प्रार्थन माथि स्वर्गमा प¥र्या देउ भगवान भन्ने पवित्र आवरण बायुपंखि घोडामाटि कमलको फूलहरुले सजाएको तोरणपताकहरु राखेर घरहरुको आगानमा बाँसको लिंगोमा ठटाइने हुदा घरको सरसफाईको कार्या शुरु हन्थ्यो ।

हामी केटाकेटीहरु अब मिठो खाने कुराहरुको परिकार खाने मेलो आयो भन।े खुशि हन्थ्यौं । यस पर्वमा खासगरेर बाबर सेलरोटी , सगरखण्डहरुको फर्सि उसिनेको परिकारको नाइवेद खाना पाउँथ्यौं यहि दिनलाई ( हषोृल्लासको साथ मान्ने हँुदा ल्होछारको दिन कुरेर बस्ने गथ्र्यौं ।

आमाले घरको चपल पिंडीहरुलाई गोबर र रातोमाटो लेदोले पोत्ने गर्नु हुन्थ्यो भने बाहिरा बाबुले साँग (धुपधुँवार) तथा शान्ती स्वस्तीगर्नका लागि माटोको पाँचबटा सिँडी बनाएर बिचमा खोक्र्रो पारेर राख्नु हुन्थ्यो, जब परोहित लामा र उन्को सहयोगीहरु आएर जग्गे गर्ने सामाग्रीहरुबुटल्न थाहे पछि, ईष्ट भगवानलाई चढाउन तोर्मो (जौको पिठोको) प्रतिमाहरु बनाइन्छन् त्यसपछि जग्गेमा आगो बालिन्छ, घिउ तिल जौ ईत्यादि अक्षताले जग्गे शुरु गरिन्छ र देवी र देवताको पूजा गरिन्छ, बुद्धिष्टहरुले देविलाइ तारा भनेर अथवा डोल्मोको पूजा भएपछि, बारिको डिलमा लुङंतोरले सजाँउथ्यो भने आगनमा बाँसको लिंलोमा सात हात लामो कपडामा बिभिन्न प्रकारका देवीदेवताका फोटोहरु आवरण भएको र तलामाथि “ॐमाने पद्यमे हङ्गु” । यो पवित्र मन्त्रको आफ्नै व्यख्या र मतलब छन् त्यतातिर नजाँउ अहिले ।

मुख्य विषय तिर जाँउ खासमा यो मन्त्रले कनै बर्ग जातिको लागिमात्रै रक्षाहोस भनिदैन, यो संसारकै भलो र शान्ती होस भन्ने मन्त्र हो ।सुरुमै धुई“ सोम साँगे गुरु रिन्पोचे” पूर्व, वर्तमन तथा भविष्यका बुद्ध भगवान, हामीहरु हजुरको चरण कमलमा आयौं हामीलाई हजुरको पवित्र आर्शिवादले हाम्रो भित्री तथा बाहिरा व्यवधानहरुलाई हटाई देउ, धर्तीमा भन्ने हो ।

बुद्धिजममा दलाइलामाले छोइ –बेद पढेपनि त्यहि भगवनको प्रार्थना गर्ने हो, साधारण लामाहरुले मन्त्र सुनाए पनि त्यहि बुद्धको प्रार्थना हो यदि मात्रै फरक छ, जान्ने लामालो राम्रोसंग मतलब बझाएर पढि दिन्छ, नजान्नेले झन जाने झै गरे सुनाउँछन् त्यति मात्र फरक हो । कताकत खबर पढयौं, “म बाहुनकी छोरि भएर किन भोटेको धर्म मान्ने” मैले बुझे अनसार बुद्र्धधर्म भनेको हिन्दु धर्मकै एक अंश हो भन्ने लाग्छ “ अब आउ अबलोतेश्वसको मन्त्र तिर जाँउ, ॐ नमो त्रापाय, आर्य जनाय, सागार भैरोचना व्योहरजय तथागताय”।

के भोटे भाषा हो त ?पाली र संस्कृतमा लेखिएको छ यो मन्त्र, यो मन्त्र चिनियाहरुले पाढ गर्छन । हाम्रो देश धार्मिक सहिस्नुता ओत पाएको देश हो । यदि यसपाली एक जना बहिनीले पवित्र स्थान र मान्यजनलाई प्रस्तुत गर्ने खदालाई उहाँले आफ्नो फलानो थाक छोपेर फोटो प्रर्दन गरिन् तर बुद्धिष्टहरु क्षमादान गर्दछन् त्यसैले उहाँलाई केहि भएन, यदि त्यदि यहि घटना मध्यपूर्व एशिया तिर भएको भए, सजिलै अनुमान लगाउन सकिन्छ त्यसको नतिजा परिणत ।

हाम्रो उदेश्य शान्ती र आफ्नो संस्कार र संस्कृतीलाई जोगाउन, आफनो आदरनीयजनबाट आशिवार्द थाप्नु हो तर जाँड रक्सीलाई बन्देज गराएर ध्यानतिर बढि आर्कशित गराँउने कि?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...