Saturday, February 27, 2016

गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश

5065919a-3bed-4445-9604-48e18f5369c3

काठमाडौं, १५ फागुन । गोरखा पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो गृहजिल्लामा चुनाव जितेर देखाउन चुनौति दिएपछि बाबुरामले रातारात कडा सन्देश पठाएका छन् । बाबुरामले आफ्नो सन्देशमा कडा जवाफ फर्काउँदै अर्काे चुनावमा २० सिट जितेर देखाउन चुनौति दिएका छन् । उनले भनेका छन्– ‘कमरेड प्रचण्डले मलाइ गोर्खाबाट चुनाब जितेर देखाउन चुनौती दिएछन । म प्रचण्डलाई चुनौती दिन्छु तपाईं अर्को चुनाबमा २० सिट ल्याएर देखाउनुस ।’ यसअघि बाबुरामको गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुराम धोकेवाज भन्दै जवाफदिन जनतालाई आग्रह गरेका थिए । उनले अब बाबुराम गोरखामा नजित्ने ठोकुवा गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...