Sunday, February 21, 2016

नारी पुरुष बराबरी ,सुन्दर समाजको फूलबारी

bushnu hurung ekata

मिठो खानु राम्रो लगाउनु एउटा सुखमय जीवन बुझाईको कल्पना धेरैले गरे झैँ मैले पनि गरेकी थिए। सपना कल्पना एउटा सोचमा भर पर्छ। सोच बन्न बिशेष गरि बाताबरणले फरक पर्ने कुरा रहेछ। जब सोच बन्छ ब्यबाहारमा देखा पर्छ त्यस ब्यबहारले नै व्यक्तित्वको निर्माण गर्दो रहेछ। छोरी भनेकै अर्काको भाग्य खाने जात भनेर मान्दै आएको अन्धविश्वास संसारिक परम्परागत रितिको छाप मेरो मन मस्तिष्कमा पनि लागेको थियो।

विबाह पछि घरपरिवार साथै श्रीमानलाई खुशी बनाएर मैले कल्पना गरेको सुखमय जीवन बनाउने बाटोले मलाई संघर्षको बाटो देखायो। त्यहि संघर्षको बाटोमा मैले यो बुझेकी अरुलाई दिनको लागि पहिले आफूसँग केहि हुनु पर्दो रहेछ l र ,त्यो पाउनको लागि केहि त्याग्न सक्नु पर्दो रहेछ । जब मैले एउटा व्यक्तिलाई खुशी बनाउने गाह्रो तरिकालाई ल्याए मैले स्वतन्त्र पाए जसले मलाई खुशी दियो। यो कुरा अनुभवले बुझ्ने कुरा रहेछ सायद कसैलाई अर्थहिन हुनसक्छ । मैले अमेरिकामा आएर वास्तविक जीवन पाएको अनुभव गर्छु। जीवन अरुमा होईन आफूमा जिउनु पर्छ आफूसँग भएको अदभुद कला क्षमता, रचनाको सृष्टिलाई यस धर्तीमा बाड्ने माध्यम सिर्फ आफै मात्र रहेछ भन्ने कुरा बुझे। यसको लागि मान्दै आएका अन्धविश्वासको अन्धकारलाई चेतनाको ज्योतिले मात्र दिलाउन सक्दो रहेछ।

नेपालमा हुदा ब्यबसाय परिवार ईस्टमित्र सबैको ख्याल नारी भएकै कारणले बढी दिनु पर्दा त्यसैमा सिमित रहे। जब अमेरिकामा आईपुगे घरपरिवार ईस्टमित्रको घेराबाट अलि टाढा हुँदा बाहिरि दुनियाँ चियाउने मौका पाए। अमेरिकन सोच र यहाँको महिलाको व्यक्तित्व प्रत्यक्ष देखे त्यसलाई आफ्नो जीवनमा भोग्ने रहर जाग्यो। जसको लागि पहिलो कदम स्वतन्त्रता रहेछ जो बिना मानिसले आफूलाई कहिल्यै चिन्न सक्दो रहेनछ। त्यसैले होला स्वतन्त्रता मानिसको पहिलो अधिकार बनेको। नेपालको कानून, संस्कार वा परम्परामा पुरुषको स्थान नारीको भन्दा उच्च छ। यस विभेद सोच नारी बिकासमा ठुलो अबरोध भएर बसेको छ l यस अवरोधलाई नारी सहित सम्पूर्ण जनमानसको जनचेतनाबाट हटाएर हामी नेपाली नारीहरु पनि स्वतन्त्र जीवन जिउन पाउनु पर्छ।

आफूले पाएको राम्रो कुरा जस्मा आफ्नो माया र विश्वास हुन्छ त्यो कुरा अरुलाई बाड्नु नै आफ्नो सपना पुरा गर्ने एक माध्यम रहेछ। हिन्दु धर्ममा नारीलाई देवी भगवतीको रुपमा मान्नु नै नारीको सम्मान हो भन्ने बुझाई छ। जसले नारीहरु आफूले पाएको सम्मानको बदला मुख बन्द गरेर मुर्ति समान सम्मानित हुन्छन ।

नारीहरु पनि चेतनशील मानव भएकोले उनीहरुलाई देविको रुपमा सम्मान र दया होईन प्रोत्साहन र मौका दिनु आजको आवश्यकता हो। जब सम्म नारीहरु स्वतन्त्र रुपमा दिल खुलेर बोल्न र आफ्नो क्षमताको प्रदर्शन गर्न सक्दैन तब सम्म चेतनाको ज्योति अन्धकार सम्म पुग्दैन। बिकसित समाज र आधुनिक सोचको बिकास नारीको विकासबाट मात्र सम्भव छ। त्यसैले नारी सशक्तिकरणलाई जोड दिउ जब हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...