Saturday, February 20, 2016

संविधानबाटै मधेस समस्याको समाधान खोज्नुपर्छः खनाल

jhalanath-khanalइलाम, ८ फागुन । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मधेसको समस्या संविधानभित्रबाटै खोजिनुपर्ने बताउनुभएको छ ।

बरबोटे गाविसमा आज आयोजित समसामयिक विकास निर्माणका गतिविधिबारे छलफल तथा अन्तक्र्रिया कार्यक्रममा नेता खनालले मधेस आन्दोलन संविधानभित्रबाटै समस्या खोज्नुपर्छ, संविधानबाहिरबाट समाधान हुनै सक्दैन भन्नुभयो । मधेसी मोर्चालाई वार्ता र छलफलका माध्यमबाट समाधान खोज्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले धार्मिक तथा पर्यटकीयस्थल माइपोखरीसम्म पुग्ने सडक कालोपत्रे र स्तरोन्नति तथाबरबोटेमा निर्माण गर्न लागिएको कबर्ड हल तथा अमर उमाविमा सञ्चालित कम्प्युटर विज्ञानका लागि थप पहल गरिने बताउनुभयो ।

तीन दिनदेखि आफ्नो गृह जिल्लामा रहँदै आउनुभएका नेता खनालले विकास निर्माणका गतिविधिको स्थलगत अनुगमन गर्नाका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...