Saturday, February 27, 2016

पिताको ४५ औं दिनको पून्य तिथिमा अधिकारकर्मी बिष्णु माया परियार द्वारा भूकम्प पिडीतलाई कंबल वितरण

b8गोर्खा ताक्लुंगमा जन्म भै लामो समय देखि अमेरिका बस्दै आएकी अधिकारकर्मी तथा समाज सेवी बिष्णु माया परियार (बिद्या वारिधि -सम्मानित ) द्वारा गोर्खा को बिद्यालयलाई आर्थिक सहयोग तथा गोर्खाको ताक्लुङ गाबिसका भूकम्प पिडित परिवारहरुलाई २ सय वटा कंबल वितरण गरेकी छिन् l

यसै गरि गोर्खा जिल्लाको ताक्लुङ गाबिस वडा नं.-२ स्थित गत वर्षको भूकम्पबाट क्षतिग्रस्त सिंजाली मा. बि. विधालयलाई अमेरिकाको बोस्टन निवासी कवियत्री दीपा राई पुन मगरले बिद्यालयलाई ५० हजार तथा न्यू जर्सी निवासी डा. विष्णुमाया परियारको परिवारबाट रु. १ लाख नगद अनुदान प्रदान गरिएको छ । भूकम्पबाट बिस्थापित परिवारहरुलाई साहित्यकार दीपा राई पुन मगर र उनकि आमा बिमला राईले कंबल वितरण गरेका थिए l

b5

गोर्खाको सिंजाली मा. बि. व्यवस्थापन समितिद्वारा आयोजित अनुदान हस्तान्तरण समारोहमा नगद रकम वितरण गरिएको थियो l समाजसेवी परियारले सोही विधालयमा आफ्नो प्रारम्भिक शिक्षा हाँसिल गरेकी हुन् ।उक्त विधालयमा १० सम्म पढाई हुने र ५२२ विध्यार्थीहरु अध्ययनरत छन् भने भूकम्पमा क्षति हुन् पुगेको थियो l उक्त बिद्यालय भवन असुरक्षित घोषणा गरिएकोले विध्यार्थीहरु अस्थाई टहरा कक्षा कोठाहरुमा अध्ययन गर्न बाध्य भएका छन् ।

b19समाज सेवी बिष्णु माया परियार को स्व पिता को ४५ औं दिनको पून्य तिथिको अवसरमा भूकम्पबाट बिस्थापित परिवारहरुलाई कंबल वितरण गरेकी छिन् भने गत जनवरी १२ तारिख उनका पिता समाजसेवी स्व. रुपबहादुर परियारको निधन भएको थियो । अमेरिकामा रहेका अधिकारकर्मी परियारका शुभचिन्तक ,सहयोगी ,साथीभाईहरुबाट प्रदान गरिएको दान रकमबाट भूकम्प पिडितलाई कंबल वितरण गरेको जानकारी गराउदै सबैलाई धन्यवाद दिन चाहेको बताईन l

b 1एड्वान नेपालले अमेरिकास्थित इड्वन, अमेरिकन जेविस वर्ल्ड सर्भिस, वोमन फर कज, फ्रेन्ड्स अफ एड्वन लगायत संस्थाहरु र बिभिन्न अनुदानदाताहरुको सहयोगबाट एडवान नेपालका गोर्खा जिल्ला स्थित ७ गाबिसका भूकम्प प्रभावित ३७ महिला समूहका परिवारहरुलाई राहत वितरण गरिसकेको, ११४ वटा अर्ध स्थाई घरहरु निर्माण गरिसकेको र ४५ वटा घरहरु छिट्टै निर्माण गरिने जानकारी परियारले नेपालबाट जानकारी गराएकी छिन् l

b16 b11 b4 b3 b6

वाशिंगटन डिसी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...