भीमदत्तनगर, १९ माघ । उपप्रधानमन्त्री कमल थापाले सरकारमा रहेका सबै दल एक ढिक्का भएर जनताको काममा लाग्नुपर्ने बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले फरक मत भएका राजनीतिक दलहरु मिलेर बनेको हुनाले वर्तमान सरकार नै सहमतिको सरकार भएको जिकिर गर्नुभयो ।
एक प्रसङ्गमा उहाँले भन्नुभयो, “भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ, वीरगन्ज र विराटनगर नाकामा धर्ना बसेकाका कारण सो नाकामा समस्या भएको छ ।”
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले स्थानीय निकायको चुनाव आगामी नयाँ वर्षको सुरुआतमै हुने विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनका लागि राजनीतिक दलबीच समझदारी हुन मात्रै बाँकी रहेको बताउनुभयो ।
No comments:
Post a Comment