Friday, February 26, 2016

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Kp-Oli_1-1काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीकोटमा आज भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी चालक र सहचालकको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले आज विज्ञप्ति प्रकाशन गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धिन निकायलाई निर्देशन दिँदै उनीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...