Friday, February 5, 2016

सेभ हाउस नहुँदा समस्या

बैतडी, २३ माघ । सेभ हाउस अर्थात् सेवा केन्द्र नहुँदा दार्चुलामा हिंसा तथा लैङ्गिक हिंसामा परेका महिलालाई राख्न समस्या हुने गरेको छ ।

हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आउने र सदरमुकाममा सेभ हाउस नहुँदा समस्या हुने गरेको प्रमुख नायब उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा अभियुक्तका लागि हिरासत भए पनि पीडितलाई राख्न नमिल्ने भन्दै उहाँले कहिलेकाहीँ जिल्ला अस्पतालमा भर्ना गर्नुपरेको समेत बताउनुभयो ।

पीडित महिलाले जिल्लामा लामो अवधिसम्म बस्नुपर्ने तथा उनीहरुसँग आर्थिक अभाव हुने भएकाले उनीहरुलाई लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक सहयोग गर्ने गरेको महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाँया पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...