Monday, February 22, 2016

विष्णुपुरकट्टीका अग्नीपीडितलाई राहत वितरण

लहान, ११ फागुन । सिरहाको विष्णपुरकट्टी गाविस–१ का अग्नीपीडित परिवारलाई रेडक्रस सोसाइटी सिरहाले राहत वितरण गरेको छ ।

विष्णपुरकट्टी गाविस–१ भर्नैनीमा आइतबार भएको आगलागीबाट स्थानीय २१ परिवारका ४६ घर जलेर नष्ट हुँदा करिब रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको थियो । रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवको नेतृत्वमा पुगेको रेडक्रसको टोलीले प्रतिपरिवार एउटा त्रिपाल, कम्बल, लत्ताकपडा र चिउरा, भुजा राहत वितरण गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको अथक प्रयासमा दुई घन्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

यसैबीच आज बिहान सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, प्रहरी उपरीक्षक ज्ञवालीसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुको टोलीले आगलागीस्थलको निरीक्षण गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...