Monday, February 22, 2016

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

Road Accidentगौशाला, ११ फागुन । महोत्तरीको सोनमा गाविसमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाविस–८ बस्ने ६० वर्षीया विल्टुनियादेवी धानुक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति ८ बजेतिर आफ्नै घर अगाडि उभिइरहेकी महिला धानुकलाई सोनमा–८ मै बस्ने २२ वर्षीय रजाबुल मोमिनले अनटेस्ट मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको र उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

मोटरसाइकलको ठक्करले निधार र टाउकोमा चोट लागेर धानुक गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीले महिलालाई ठक्कर दिने अनटेस्ट मोटरसाइकल नियन्त्रणमा लिएको छ भने ठक्कर दिने युवक फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...