Friday, February 19, 2016

पाठेघरको क्यान्सरबाट ४४ जना सङ्क्रमित

pathegharपाल्पा, ८ फागुन । यस आवको सात महिनाको अवधिमा यस जिल्लामा पाठेघरको क्यान्सरबाट ४४ जना महिला सङ्क्रमित भएका छन् ।

नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाले विभिन्न समयमा गरेको स्वास्थ्य शिविरमा परीक्षण गराएका एक हजार ३२ जनामध्ये माघ महिनाको अन्त्यसम्म ४४ जना महिला पाठेघरको क्यान्सरबाट सङ्क्रमित भएको भेटिएका हुन् । आव २०७१÷७२ मा ४०० जनामा पाठेघरको क्यान्सरको परीक्षण गरिएकामा १४ जना सङ्क्रमित भेटिएका थिए ।

परिवार नियोजन सङ्घले पाठेघरमा क्यान्सरको आशङ्का गरिएकाहरुलाई थप परीक्षण र उपचारका लागि भरतपुरको क्यान्सर अस्पताल र परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा पठाउने गरेको छ ।

सङ्घले पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, कसेनी, कुसुमखोला, तेल्घा, पिपलडाँडा, पोखराथोक, बन्दीपोखरा, चिर्तुङधारालगायतका गाविसमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...