Tuesday, February 2, 2016

दुई युवतीको उद्धार

काँकडभिट्टा (झापा), १९ माघ । सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ ।

संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो ।

दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो ।

प्रहरीको सहयोगमा चन्द्रगढीमा ती युवतीलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताउनुभयो । उद्धार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा ‘साना हातहरू नेपाल’को भद्रपुरस्थित आश्रयस्थलमा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...