Monday, February 22, 2016

ट्रान्सफर्मर पड्कँदा दुई घर जले

सुरुङ्गा (झापा), १० फागुन । उच्च विद्युत् प्रवाह भएर ट्रान्सफर्मर पड्कँदा गएराति झापामा दुईवटा घरमा एकैपटक आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भद्रपुर नगरपालिका–६ स्थित महेन्द्र चौधरी र वृजकिशोर यादवका घरसहित पाँचवटा छाप्रा जलेको बताइएको छ ।

आगलागीबाट रु चार लाख ५० हजार मूल्य बराबरको धनमालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी भीम दाहालले जानकारी दिनुभयो । आगलागी भद्रपुर नगरपालिकाको वारुणयन्त्रसहित स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

हुक लगाएर मोटरबाट पानी तान्नका लागि विद्युत् चुहावट गरेपछि ट्रान्सफर्मरमा भार बढी भएर ट्रान्सफर्मर पड्किएको हुनसक्ने नेपाल विद्युत् प्राधिकरण भद्रपुरले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...