Sunday, February 28, 2016

एचडिएनपी नेपाल द्वारा चितवनमा खाद्यन्न सहयोग

DSCN6790

अमेरिकाको टेक्सास राज्यको डलसमा गैर मुनाफा सामाजिक संस्थाको रुपमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )को नेपाल शाखाले चितवनको भरतपूर ११ स्थित साहाराको घरलाई खाद्यन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ l

गत शनिवार साहाराले आयोजना गरेको कार्यक्रममा एचडिएनपीनेपालले सहयोग सामग्री हस्तान्तरण गरेको हो l एचडिएनपी नेपाल कि संयोजक सृजना घिमिरेको अध्यक्षता तथा महिला अधिकारकर्मी मन्जु खाड को प्रमुख आतिथ्यता ,संस्थाकी कोषाध्यक्ष भगवति रोका ,सदस्य तथा सहित्यकार पुष्प अधिकारी अन्जलीको विशिष्ट आतिथ्यतामा साहाराको घरमा आश्रित तथा साहारा बाल क्लव की उपाध्यक्ष आरोही साहारा ,तथा कोषाध्यक्ष आयुषा साहारालाई सो सामाग्री हस्ताण्तरण गर्नु भएको थियो ।

कार्यक्रममा रोकाले एच.डि.एन.पी नेपाल श्रमका लागी अमेरीकामा रहेका नेपालीहरुले मातृभुमीका लागी केही गरौ भनी सञ्चालन गरेको बताउनु भयो l संस्थाले भुृकम्प पिडित ,जेष्ठ नागरीक तथा जोखीममा रहेका बालबालिकाहरुका लागी सहयोग गर्दै आईरहेको जानकारी गराउनु भयो l वहाले अगाडी भन्नु भो साहाराको घरलाई आगामी दिनहरुमा पनी संस्थाले सक्दो सहयोग गर्ने बचनबद्धता दिनु भएको थियो l

संयोजक सृजना घिमीरे साहाराको घरले गरीरहेको मानविय कार्यको प्रसशा गर्दै संस्थामा आश्रित बालिकाहरुको उज्ज्वल भविष्यका लागी आफु र आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । सोही कार्यक्रमकै बिच केही दिन पहिला मात्रै बालश्रमका रहेकी बालीका उद्धार गरी साहाराको घरको संरक्षणमा रहेकी बालीकाको नामाङकरण समेत गरीएको छ l हाल साहाराको घरमा बिभिन्न कारणले बुवाआमा गुमाई बेसाहारा बनेका वा वालश्रममा परेका १५ बालिकाहरुले संरक्षण पाईरहेका छन l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )ले मानिसहरुका लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ । संस्थाले घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको जानकारी संस्थापक देवी आचार्यले बताउनु भयो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...