अमेरिकाको डिसी महानगर क्षेत्रमा एक दशक देखि बस्दै आएका अमेरिकन मुलधारको राजनीतिमा प्रवेस गरेका नेपाली मुलका युवा जीवन तिवारीले अमेरिकाको राष्ट्रपतिको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका सशक्त उम्मेदवार बर्नी स्यानडर्स लाई समर्थन गर्ने भएका छन् l
एक छापा मार्फत बिज्ञप्ति जारी गर्दै अप्रवासीका लागि शिक्षा ,स्वास्थ्य ,उत्तम जीवन शैली जस्ता बिषय बस्तुमा बर्नि सेनडर्सले उठाएकाले उनले अमेरिकन एसियन समुदाय लाई उनलाई मार्च १ तारिखमा हुने प्रथम चरणको सुपर टुइसडे मा सहभागी हुन् र मतदान गर्न आग्रह गरेका छन् l यसको लागि आगामी फेब्रुअरी २७ तारिख फल्स चर्चमा हुने भेटघाट कार्यक्रममा आमन्त्रण समेत गरेका छन् l
तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए तर पछि नेपालमा गएको भूकम्प को कारण उम्मेदवारी फिर्ता लिएका थिए l
No comments:
Post a Comment