Monday, February 22, 2016

मानिस बेच्न खोज्ने कारागार चलान

jail-650x250पथरी (मोरङ), ११ फागुन । एक महिलालाई बेचबिखन गर्न भारततर्फ लैजाने दुईजनालाई मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सोमबार साँझ कारागार चलान गरिएको छ ।

स्रेस्तेदार ध्रुव ढकालका अनुसार बेलबारी–११ का ३३ वर्षीय योगेश भन्ने वासुदेव राई र सुनसरी इटहरी–६ का ३१ वर्षीय कैलाश पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सोमबार दिउँसो भएको बहसका क्रममा उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार ध्रुव ढकालले जानकारी दिनुभयो ।
गत माघ १५ गते २९ वर्षीया एक महिलालाई उनीहरुले विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानीले विराटनगर २० हुलास मेटल नजिकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...