Tuesday, February 2, 2016

हत्यामा संलग्न पाँचजना सार्वजनिक

रुकुम, १९ माघ । रुकुम जिल्लाको पुर्तिमकाँडा–४ का वीरबहादुर नेपालीको हत्यामा संलग्न छजनालाई रुकुम प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसम्मेलन गरी वीरबहादुरको हत्यामा संलग्न पुर्तिमकाँडा–४ का गङ्गे कामी, हस्ते कामी, पुने सुनार, सुके कामी, कालो कामी र रुद्रकला कामीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सो अवसरमा हत्यामा संलग्न विमला विक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

कुखुरा चोरेको निहुँमा उनीहरूले घरायसी हतियार प्रयोग गरी यही माघ १० गते वीरबहादुरको हत्या गरी घर नजिकैकोे बारीमा फालेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...