Monday, February 22, 2016

कभर्ड हल शिलान्यास

इलाम, ११ फागुन । इलामको बरबोटेमा रु एक करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । कभर्ड हलको सोमबार सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले शिलान्यास गर्नुभयो ।

कभर्ड हल शिलान्यास गर्नुहुँदै सचिव शर्माले खेलकुद क्षेत्रमा अग्रणी मानिएको यस जिल्लाको बरबोटेमा सरकारीस्तरबाट समेत कभर्ड हल निर्माणका लागि आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो ।

हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, संसद् विकास कोषबाट रु दुई लाख, बरबोटे गाविसले रु दुई लाख तथा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग प्राप्त भइरहेको निर्माण समितिका अध्यक्ष काजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बरबोटेस्थित अमर उच्च माविमा निर्माण हुन लागेको उक्त कभर्ड हलमा टेबल टेनिस, ब्याडमिन्टनलगायतका प्रतियोगिता हुने बताइएको छ ।

शिलान्यास समारोहमा स्थानीय विकास अधिकारी मदन कोइराला, नेपाली काँग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा (एमाले)का सचिव महेश बस्नेत, एनेकपा (माओवादी)का इञ्चार्ज धीरेन्द्र शर्मा, समाजसेवी गोविन्द पौडेललगायतले कभर्ड हल निर्माण गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...