Saturday, February 6, 2016

बलत्कारीलाई कैद होईन झुन्ड्याउनु पर्छ

saru sunar

दिन दिनै हाम्रो देशमा बढदै गै रहेको बलात्कार जस्तो जघन्य अपराध ६ बर्षको बालिका देखी ७० बर्षको वृद्ध आमा समेत बलत्कृत पछि मृत्यु बरण गर्नु परेको ज्वलन्त घटना तपाईं हामी र हाम्रै समुदायमा देखि रहेका छौं । स्कुल पठाएको छोरी स्कुल मै शिक्षक बाट बलत्कृत हुन्छिन , दोकानमा समान किन्न जादा पसले बाट बलत्कृत हुन्छिन , जागीरमा गएकी छोरी घर फर्किदा बाटोमा बलात्कार हुन्छिन् l

आफ्नै अगाडि खेल्दै खेल्दै कि अबोध बालिका लाई काखमा च्यापी चक्लेट दिन्छु नानु भनी एकान्तमा लगि बलात्कार गर्छन् lआफनै घरमा आफन्तबाट देखी लिएर हरेक ठाउँमा नेपाली नारीहरु बलात्कारको शिकार भैरहेका छन् ।

अब नेपाली नारीले कहा गएर सुरक्षा पाउने ? आफू सुरक्षित भएको महसुस कहिले र कसरी गर्ने ?अब नेपाली नारी र हाम्रा यी कलिला सन्तान ( छोरी ) र हामी नारी दिदिबहिनी आमाहरुले ? किन यो सरकार मौन छ ? यस्ता पापीहरुलाई फासीको सजाय दिन ? एक पटक यि नेपाली चेलीबेटी र नाबालक बच्चीहरुलाई आफ्नै सन्तान र दिदिबहिनी सम्झेर आफ्नो पीडा भनी महसुस गर्ने हो भने यी कानुनका नाइके र भातमारा सरकारका भलाद्मीहरुले थाहा पाउने थिए ।

बलात्कार के हो भन्ने कुरा ? फ़ेरि अर्को चेली नेहा पुन जुन १९ बर्षको कलिलो उमेरमा बलात्कार पछि बिभत्स्व हत्या गरिएको छ। आज राष्ट्रपति राष्ट्रिपति र सभामुख महिला भएको देशमा नेपाली नारीको अस्मिता लुटिदै यसरी मर्नु भनेको कस्तो नियती हो? आज आम नेपाली महिलाहरुलाइ यस यबीभत्स घटनाले भाबबिहोल बनाएको छ।आमाको दुध खादै गरेको बालिकालाई बलात्कार गरि मार्दा सम्म पनि त्यस्ता कुख्यात अपराधीलाई फासी दिन मिल्दैन भने धिक्कार छ ?

तब सम्म नेपालमा बलात्कारको घटनाहरु दिन दिनै बढिरहेछ । अपराधीलाई प्रोत्साहन दिएर र दुई चार महिना कैद गर्दैमा सजाय होईन l यो त ,ति अपराधीलाई हौसलाको लागी पुरस्कार हो । फ़ेरि पनि बलत्कार गर्नेछ ति अपराधीहरुले l
आधा आक्ष आकाश र आधा धर्ति ओगटेको नारीहरु शारीरिक रुपले पुरुष भन्दा केहि कमजोर भए ता पनि यो होईन कि नारीहरुलाई हरेक तहमा घर ,परिवार ,समाज , कानुन र सरकार बाटै यसरि उपेक्षा गरिने ।

सम्पुर्ण नारीहरुको आवाज हो र माग हो l हामीले स्वतन्त्र भएर बाच्न पाउनु पर्छ l नारीहरुका अस्मिता लुट्ने अपराधीलाई फासीको सजाय दिनु पर्छ ।हामी यहि माग संविधान बन्नु भन्दा अगाडि धेरै राखौं सडकमा दबाब र विभिन्न कार्यक्रमहरु सहित तर दुखको कुरा महिला सभासदले दर्ता गराएको सकल्प प्रस्तावलाई छलफलमा ल्याउन समेत सदनले आवश्यक ठानेनन् ।

जनताले भरोसा गरेका सभासदले समेत सदनमा जोडदार आवाज उठाएर सरकारलाई बलात्कार विरुद्ध कडा कानुन ल्याउन दबाब दिएनन् ।जसको कारण आज संविधान बनिसक्दा पनि महिला हिंसा ,बलात्कार घट्नुको सट्टा दिनदिनै बढिरहेको छ। यदि यसरी नै दिन प्रतिदिन महिलाहरु बलत्कृत र हत्या भैरहने हो भने अब आम नेपाली महिलाहरु यस्ता अपराध विरुद्ध आवाज मात्र होईन सामुहिक मृत्यु दण्ड दिन सक्नु पर्छ l एउटा निर्दोस नारिको यस्तो पिडादायी बीभत्स हत्या हुदा देशभरका महिला सघ, सस्था , महिला अधिकार कर्मी सम्पुर्ण महिलाहरु एक भएर राज्यलाई दबाब र अपराधीलाई कारबाहीको लागि उठ्नु जरुरी छ।

यो देशको कानुन नेतालाई होईन जनतालाइ चाहिएको हो l यदि जनताको न्यायको लागि कानुन बन्दैन र कार्यवन्यन हुँदैन भने लोकतन्त्रमा यस्ता बिकृती र अपराधको शल्यक्रिया भनेको जनताले गर्ने हो l जनता भन्दा ठुलो कुनै शक्ति छैन ।

ध्यान : नेपालले बलात्कारीलाई फाँसी नदिने अन्तर्राष्ट्रिय कानुनमा हस्ताक्षर गरिसकेकाले नेपालको कानुनमा मृत्युदण्ड या फाँसीको सजाय हुने व्यवस्था छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...