Sunday, March 6, 2016

स्वर्ण महोत्सवको उपलक्ष्यमा विशेष कार्यक्रम हुने

Logo 4

काठमाडौं २३ फाल्गुण । राष्ट्र गुरु योगी नरहरिनाथद्वारा वि.सं. २०२२ सालमा स्थापना गर्नु भएको बृहद् आध्यात्मिक परिषद्ले पचास बसन्त पार गरेको छ । यसै सन्दर्भमा परिषद्ले विभिद् कार्यक्रम गरी आफ्नो स्वर्णमहोत्सव गर्न लागेको जनाएको छ । महोत्सव फाल्गुण २५ गतेदेखि चैत्र ४ गतेसम्म चल्ने बताइएको छ । २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिको प्रमुख आतिथ्यता एवम् लब्ध प्रतिष्ठित व्यक्तित्त्वहरूको बिशिष्ट आतिथ्यतामा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादि काठमाडौंमा विशेष कार्यक्रम गरी शुरु हुने बुझिएको छ । परिषद्ले क्रमशः चैत्र १, २ र ३ गते मृगस्थली काठमाडौंमा थप कार्यक्रमहरू गर्नेसमेत जनाएको छ ।

बृहद् आध्यात्मिक परिषद् सबैका श्रद्धा एवं वन्दनीय गुरु योगी नरहरिनाथद्वारा स्थापित एवम् पछिका दिनहरूमा उहाँका मार्गदर्शनलाई आत्मसात गरेका अनुयायीहरूबाट सञ्चालित र संवर्धित हुँदै आएको हुनाले सो संस्थाप्रति धार्मिक क्षेत्रको अगाध प्रेम र श्रद्धा रहेको पाइन्छ । सोही कारणले हुनसक्छ २५ गतेको कार्यक्रम संयुक्त सनातन मोर्चाको सव्रिmयतामा हुन गइरहेको जानकारी प्राप्त भएको छ ।

Yogiji-1

कार्यक्रममा बरिष्ट विद्वान प्रा.डा. शास्त्रदत्त पन्तद्वारा कार्यपत्र प्रस्तुत हुने, कवि एवं कवियित्रीहरूबाट कविता वाचन हुने र सोही सन्दर्भमा विभिन्न विद्यालयहरूमा गरिएको निबन्ध प्रतियोगीताका प्रतियोगी लगायतलाई प्रशंसा पत्र प्रदान गर्ने लगायतका कार्यक्रमहरू रहेको सो स्वर्णमहोत्सवका सूचना तथा सञ्चार संयोजक दीपक सुवेदीले सञ्चारक्षेत्रलाई बताउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...