Thursday, March 10, 2016

दरबार हत्याकाण्डको १४ वर्षपछि पारसले मुख खोले (भिडियोसहित

darbarhatyakanda-paras

काठमाडौं, २७ फागुन । पूर्वराजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको एक पछि अर्काे रहस्य खुल्ने क्रम जारी छ । यसैक्रममा २०५८ जेठ १९ गते राति भएको यो घटनाका प्रत्यक्षदर्शी पूर्व युवराज पारसविक्रम शाहले हत्याकाण्डको सनसनीपूर्ण खुलासा गरेका छन् । यो हत्याकाण्डमा मुख्य नायक त्यस बेलाका तत्कालिन युवराज दीपेन्द्र रहेको खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो । तर, नेपाली जनमानसमा यो घटना रहस्यमय बनिरहेको बेला पूर्व युवराज पारसले यस घटनाको रहस्य खोलेका हुन् । उनले सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै दरबार हत्याकाण्ड पूर्व युवराज दिपेन्द्रले गराएको दाबी गरेका छन् । उनले भने- ‘उहाँ (दिपेन्द्र)ले पहिला बुवालाई गोली हान्नुभयो । त्यसपछि बहिनी, ज्वाई र काका धिरेन्द्रलाई हान्नुभयो । अन्तिममा आमा ऐश्वर्या र भाई निराजनलाई पनि बाँकी राख्नुभएन् । हामीहरु अर्काे कोठामा हुँदा बाच्यौ ।’ उनले आफूलाई भाग्यमानी भन्दै त्यो रात दरबारमा बाच्ने सबै भाग्यमानी भएको बताए । हत्याकाण्डमा पूर्वराजा विरेन्द्रसहित १० जनाको मृत्यु भएको थियो ।

हेर्नुस् भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...