Tuesday, March 8, 2016

सरकारमा रहुन्ञ्जेल राम्रो काम गर्छौँ: मन्त्री पौडेल

Bishnu-Paudel(1)बुटवल, २५ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार अहिलेको व्यवस्थापिका–संसद्को अन्तिम सरकार हुने बताउनुभएको छ ।

उहाँले सरकारको फेरबदल संसद्को बहुमतले मात्र सम्भव हुने भएकाले सरकारसँग पूर्ण बहुमत रहेकाले वर्तमान संसद्को यो अन्तिम सरकार हुने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसलगायत मधेसवादी दल सरकारमा सहभागी हुन चाहे सरकारको गठबन्धन दल तयार रहेको बताउँदै मन्त्री पौडेलले सरकारको नेतृत्व भने नफेरिने दावी गर्नुभयो ।

नेकपा (एमाले) रुपन्देही क्षेत्र नं ४ ले आज बुटवलमा आयोजना गरेको विस्तारित भेलालाई सम्बोधन गर्दै उहाँले एमालेको अबको अभियान विकास निर्माण र आर्थिक उन्नति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकार फेरिन्छ की, ढल्छ की भन्दा पनि सरकार रहुन्ञ्जेल राम्रो काम गरेर देखाउछौँ ।”

मन्त्री पौडेलले वर्तमान सरकार विकास आन्दोलनको अभियानका रुपमा अगाडि बढ्न चाहेको बताउँदै सरकारले अगाडि सारेका कतिपय आयोजना महत्वकांक्षी भए पनि पूरा गरेरै छाडिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले कसैले पनि गर्न नसकेका कठिन र महत्वकांक्षी विकास निर्माणको आयोजना अगाडि बढाएको छ, तिनलाई पूरा गरेररै छाड्नेछौँ ।”

कार्यक्रममा एमाले केन्द्रीय सदस्य लीला गिरी, उपाध्यक्ष शिव सुवेदी, क्षेत्र नं ४ का इन्चार्ज गोपाल रानालगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...