Monday, March 28, 2016

मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली

suntali-and-dhurmus

काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मेरी बास्सैमा फर्किएका छन् । भर्खरै पुनः सञ्चालनमा आएको मेरी बास्सैको उत्पादक कम्पनी मिडिया हबसँग समझदारी भएपछि धुर्मुस र सुन्तली हसाउने काममा फर्किएका हुन् । आउने भागबाटै दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सकिनेछ । मेरी बास्सैमा फर्किपछि धुर्मुसले भने– ‘मिडिया हबमा आर्थिक संकट यथावतै छ । तर मेरीबास्सैका लागि सुटिङ खर्च ब्यहोर्ने र अन्य आर्थिक कुरामा क्लियर भएपछि, हामी फर्केका हौँ ।’ आउने भागको कथा बेलायती राजकुरमा ह्यारीको नेपाल बसाईका बारेमा रहेको उनले जानकारी दिए । झण्डै सात महिना रोकिएर फेरि प्रशारणमा आएको मेरी बास्सैमा प्राय पुरानै कलाकार छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...