Wednesday, March 30, 2016

साहित्यिक क्षेत्रमा महिला अग्रसरता जरुरी: मन्त्री मानवी

shanta-manabiकाठमाडौँ, १७ चैत । पशुपछी विकासमन्त्री शान्ता मानवीले मुलुकको नेतृत्वदायी स्थानमा महिलालाई पु¥याउन साहित्यमार्फत दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

प्रगतिशील महिला लेखक सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री मानवीले साहित्यिक क्षेत्रमा पनि महिलाको सङ्ख्यात्मक वृद्धि हुनुपर्ने बताउनुभयो ।
उहाँले आगामी तीन वर्षभित्र नेपाललाई मासुजन्य खाद्यवस्तु, अन्डा र दूधमा आत्मनिर्भर बनाउने प्रतबद्धता मन्त्रालयले गरिसकेको जनाउदै त्यस अभियानमा सघाउन लेखकहरुलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सांसद तथा साहित्यकार गौरा प्रसाईंले आफूले राजनीतिमा लाग्दाको तत्कालीन अवस्था र राज्यले हेर्ने दृष्टिकोणबारे चर्चा गर्दै महिला स्वयम् जुझारु नभएसम्म आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष यशोदा अधिकारीले महिलाले लेखनमार्फत कुनै समस्याको उजागर गर्नेमात्र नभई समाधानका उपाय पनि देखाउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार बाबा बस्नेत, र डा फणिन्द्र निरौलाले लेखनका क्षेत्रमा महिलाहरु अग्रसर गराउन सङ्घले सफलता प्राप्त गरोस् भनी शुभकामना दिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...