Monday, March 28, 2016

नाइजेरियामा कोमल ओलीको भब्य प्रस्तुति

kp3

ओलीले लगातार ६ घण्टा नचाइन नेपालीलाई

लेगोस , नाइजेरिया |

गैर आवाशीय नेपाली संघ नाइजेरिया द्वारा नया वर्ष २०७३ को उपलक्ष्यमा आयोजित नेपाली सास्कृतिक साझमा नेपालकी चर्चित गायिका कोमल ओलीली आफ्ना गीतहरु प्रस्तुत गरेकी छिन |

झन्डै ६ घण्टा चलेको सास्कृतिक कार्यक्रममा गायिका ओलीले आफ्ना गीतहरु प्रस्तुत गर्नुका साथि सहभागी स्थानिय नेपाली दर्शकलाई लगातार नचाएकी थिईन |

kp5

उनले पन्क्षीमा डाफे राम्रो , फूलमा लालिगुराश ,हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश “भन्ने गीत बाट आफ्नो प्रसुस्ती आरम्भ गरेकी थिइन | उनले आफ्ना पोइल जान पाम , ठुली भै छोरी देखि मौका मिले चौका हनिन्छ लगाएत दर्जन भन्दा गीतहरु प्रस्तुत गरेकी थिइन |

kp6 (1)

ओलीका अतिरिक्त कार्यक्रममा स्थानीय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेपालीहरु अन्जु पौड्याल ,संजीव छेत्री ,दिपक कर्ण ,चिरन्जिबी रोका , बिबेक पुडासैनी र बालकलाकार सुहिम थापाले समेत आफ्ना गीत संगीत हरु प्रस्तुत गरेका थिए |

कार्यक्रमको आरम्भ गर्दै एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले अफ्रीकामा स्थापित नेपाली कलाकारको उपस्थितिमा भएको यो कार्क्रमम आफै एतिहासिक रहेको र यसले यस महादेशमा नेपाली संगीत ,कला र भाषाको प्रबद्धन प्रारम्भ गरेको छ भन्नु भयो |

कार्यक्रमका अतिथि नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले नेपाली डायस्पोराको यो सानो परिवारले गरेको नेपाल र नेपाली संगीत प्रतिको मायाले नेपाल र नेपाली कलालाई साच्चिकै बिश्वब्यापी गरेको महशुश बनेको छ भन्नुभयो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...