Thursday, March 24, 2016

झुट बोलेर सत्यको धन खाने अधिकार सामाजिक,राष्ट्रको न्यायक्षेत्र अन्तरगत पर्दैन !

dev khanal
मानिस सामाजिक प्राणी मात्र होइन सर्बश्रेष्ठ नैतिक, चारित्रिक प्राणी हो ! समाजमा भए गरेका राम्रा कार्यलाई स्वागत र गलत प्रवृतिलाई ठेगान लाउनका लागि समाज नै सक्षम हुन्छ यदि सामाजिक नैतिकता भन्दा बाहिर भए गरका कार्यलाई राष्ट्रमा रहेको कानुनी उपचार लाई समेत अबलम्बन गर्दै भबिस्यमा यस्ता कार्य दोहोरिन नदिन समाजमा रहेका अगुवा बर्गले अहम भूमिका निर्बाह गर्नु पर्छ ! आज नेपाली समाज रोजी -रोटीका लागि बिस्वलाई परिक्रमा गर्दै आफ्नो जिबन निर्बाह गरेका छन् यो नै नेपालीको सबै भन्दा ठुलो बुद्धिमत्ता हो !
बिस्वको सक्ति सम्पन्न राष्ट्र अमेरिकामा जहाँ भाषा मिल्दैन रहन सहन मिल्दैन सबै लगभग हामीले भोगेको भन्दा भिन्न किसिमको संसारमा आफुलाई स्थापित गर्नु र सन्नतिको सुनौलो भबिस्यका लागि सम्पूर्ण जिबन समर्पित गर्ने बिदेशमा बसोबास गर्नु भएका सम्पूर्ण नेपाली दाजु, भाई , दिदीबहिनी प्रति आभार प्रकट गर्न चाहन्छु ! नेपाली अमेरिकन समाजमा हिजोका दिनमा बिमा कम्पनीमा काम गरेर मालामाल भएको विभिन्न सामाजिक संजाल face book statas आज मेरो हप्ताको २७००० अमेरिकन आम्दानी आएको यो मजाक होइन यो सत्य हो भन्ने कुरा हामी समाजका अगुवा वर्ग लाई जानकार थियो तर हामीले यसलाई सामान्य रुपमा सम्झियु !
अमेरिकामा मेहनत गरे कमाई हुन्छ भन्दैमा झुट बोलेर सत्यको धन खाने अधिकार सामाजिक,राष्ट्रको न्यायक्षेत्र अन्तरगत पर्दैन त्यसैले समाजमा यसको चिनो फानो गरनै पर्छ ! आफनो सारा मेहनतको कमाई बिमामा बुझाएर भोलिको सुनौलो भबिस्य सुनिस्चित छ भन्ने आशामा रहेका नेपाली समुदाय आज आफनो भबिस्य अन्धकारमा आफनै नेपाली बाट थगिएय्को हुनाले नैतिक रुपममा झुट बोलेर लिएको रकम फिर्ता गरनै पछ फिर्ता गर्ने हैसियत पनि यो समाजमा छ !असल बिमा बिक्रि गर्ने लाई सलाम छ जसले भबिस्यमा प्रतिफल भोग गर्न पाउछ तर झुट बोलेर आफनो पोल्टो भर्ने लाई कानुनको कठघरा सम्म पुर्यौन पिडित र नेपाली समुदाय एक हुने कुरामा दुइ मत छैन !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...