Wednesday, March 2, 2016

उदयपुरमा तीनदिने पत्रकारिता तालिम

गाईघाट (उदयपुर), २० फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित नगरपालिकाको हलमा तीनदिने आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ ।

प्रेस चौतारी नेपाल उदयपुरको आयोजनामा मङ्गलबारदेखि सुरु भएको उक्त पत्रकारिता तालिममा जिल्लाका ५० जना युवा पत्रकारले सहभागिता जनाइरहेको कुरा आयोजक प्रेस चौतारी नेपाल, उदयपुरले बताएको छ ।

उक्त तालिम वरिष्ठ पत्रकार कौशल चेमजोङ र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेतले दिइरहनुभएको प्रेस चौतारी जिल्ला अध्यक्ष भरत खड्काले बताउनुभयो ।

तालिम आयोजनाका लागि आर्थिक सहयोग सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी तथा निर्वाचन क्षेत्र विकास सहयोग समिति र जिल्ला विकास समिति उदयपुरबाट प्राप्त भएको आयोजकले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...