Wednesday, March 9, 2016

अमेरिकामा महाशिवरात्रि पर्व मनाइयो

p20

अमेरिका, लस एन्जल्स, ८ मार्च / हिन्दूधर्मावलम्बीले आफ्ना आराध्यदेव शिव भगवानको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउने प्रचलन अनुसार हिजो अमेरिकाको लस एन्जल्समा नेपालीहरू द्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा महाशिवरात्री पर्व मनाइयो । हिजो नै अमेरिकाको लस एन्जल्स लगायतका सहरमा समेत नेपालीहरूले यस पर्वलाई मनाएका छन् ।

p19

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने गरिन्छ । परम्पराअनुसार हिन्दूहरुले यसअघिको भाद्र कृष्णपक्ष अष्टमीको रातलाई मोहरात्रि, असोज महिनाको बडादशैंमा पर्ने विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कात्तिक कृष्णपक्ष औंशीमा पर्ने लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनी मनाउने प्रचलन छ ।

p18
महा शिवरात्रीको अवसरमा लस एन्जल्स वरपर रहेका नेपाली तथा भारतीयको समेत मन्दिरमा उपस्थिति रहेको थियो । आफ्नो मौलिक संस्कृतिलाई कायम राख्नको लागि यस्ता पर्वहरुको निरन्तरता रहनु सारै खुसीको कुरा हो,त्यस माथि नेपालीद्वारा नै मन्दिरको निर्माण भएर पूजा गर्न पाउनु झनै खुसी र गर्वको कुरा भएको सहभागीहरुले बताएका थिए ।

p13
केही वर्ष पहिले एक मिलियन डलर भन्दा बढीमा खरिद गरिएको भवनमा नेपाल र भारतबाट मूर्ती खरिद ल्याईसकिएको हुँदा सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी स्थापना गर्न सुरु गरिने समेत संस्थाका अध्यक्ष भक्त थापाले जानकारी दिए ।

p12
मन्दिरमा मूर्ती स्थापना गर्नको लागि स्पोन्सर गर्ने व्यक्तिहरू समेत दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले सम्म असी हजारभन्दा बढी मूर्तीको लागि सङ्कलन भईसकेको छ । आगामी वर्षदेखि नेपालीहरूले स्थापित मुर्तिहरुमा समेत सिधा पूजा आजा गरेर सबै पर्वहरु मनाउन सकिने गरी संस्थाले आफ्नो योजना बढाएको छ ।

p11

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...