Friday, March 25, 2016

भेटिए काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी, लापुमा ढुङ्गा र काठ बोक्दै

harry-gorkha-1-1000x0-768x402

गोरखा, १२ चैत । औपचारिक नेपाल भ्रमण सकेर केही दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गर्नुभएका बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाविस–३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुट्नुभएको छ । बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले आज बिहानदेखि अपराह्नसम्म स्थानीय बासिन्दासँग मिलेर ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो । बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ । राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...