Saturday, March 26, 2016

एक्लो नायक विमोचन

काठमाडौँ, १३ चैत । सन्त नेता एवम् पूर्व प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको जीवनीमा आधारित उपन्यास ‘एक्लो नायक’को आज यहाँ विमोचन गरिएको छ ।

सन्त नेता भट्टराईले व्यतित गर्नुभएको एक्लो जीवनको प्रसङ्गलाई व्याख्या गरी लेखक हरि अधिकारीले तयार गर्नुभएको सो उपन्यास शिक्षाविद् केदारभक्त माथेमाले विमोचन गर्नुभयो ।

माथेमाले भट्टराईको सारा सर्वस्व नै इमान्दारीता हो भन्दै इमान्दारी, कर्तव्यनिष्ठता र निष्ठाको राजनीतिमा कहिल्यै पराजीत नहुने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हतियार उठाएर राजनीतिक उपलब्धि हासिल हुन नसक्ने धारणा राख्दै स्व भट्टराईको योगदानको चर्चा गर्नुभयोे ।

काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले सन्त नेता किसुनजीले २०४६ सालमा तयार पारेको संविधान लागू भएको स्मरण गर्दै विश्वमै उत्कृष्ट भनिएको अहिलेको संविधान कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो ।

लेखक अधिकारीले जिन्दगीभर एक्लिएर बसेका नेता भट्टराईका इमान्दारी आफूले पुस्तकमा उतारेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...