Friday, March 25, 2016

अमेरिकाबाट आज शुक्रबार रूसेल श्रेष्ठकाे शब नेपाल पठाइदै

Capture

विकास राज न्यौपाने -टेक्सस (अमेरिका) मार्च २५ २०१५, शुक्रबार-
शनिबार टेक्ससको द्यलसमा सवारी दुर्घटनामा निधन भएका नेपाली विद्यार्थी रूसेल श्रेष्ठकाे शब नेपाल पठाउने तयारी पुरा भएकाे छ ।

श्रेष्ठकाे शवलाइ आज शुक्रबार बिहान १० बजे बजेदेखि १२:०० बजेसम्म Hughes Family Tribute सेन्टर, 9700 Webb Chapel Road Dallas, Texas 75220 मा श्रद्धान्जलीको लागि राखिने छ I त्यसपछि नेपाल पठाइने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयाे ।

श्रेष्ठकाे शब नेपाल पठाउन र परिवारकाे सहयाेगार्थ ड्यालसमा नेपाली समाजकाे सकृयतामा ३३ हजार ८ सय चौरासी डलर सहयाेग संकलन भएको कुरा समाजका महासचिब कमल सत्यालले बताय ।

याे रकम शब पठाएर बाँकी रहेकाे मध्यबाट उनका परिवारका सदस्य र बहिनीको शिक्षादीक्षाका हस्तान्तरण गरि परिवारको नाममा नेपाली समाज टेक्सासले एक अक्षय कोष खडा गर्ने समाजका अध्यक्ष लामिछानेले जानकरी गराउनु भयो ।

आज शुक्रबार साँझ ६ बजेकाे कतार एअरवेजबाट शव नेपाल पठाइने नेपाली समाजले जनाएकाे छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...