Monday, March 7, 2016

आगलागीबाट ४८ लाखको क्षति

बैतडी, २४ फागुन । बैतडीको पाटन–१२ स्थित खोटो सङ्कलन केन्द्र अपि हिमालय रोजनी कम्पनीमा आगलागी हुँदा रु ४८ लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो करिब १२ बजेतिर केन्द्रमा आगलागी हुँदा तीन हजार ५०३ खोटो, १४ हजार लिटर तारपिन तेल र २५ ड्रम रोजिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

बैतडीको दशरथचन्द्र नपाको दमकल र डडेल्धुराको अमरगढी नपाको दमकलको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, स्थानीय प्रशासनलगायतको सहायताले करिब सात घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । भट्टीमा खोटो पकाउने बेला आगलागी भएको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...