Saturday, March 26, 2016

एक सय ५३ विद्यार्थी एसएलसी परीक्षाबाट वञ्चित

slcसल्यान, १४ चैत । सल्यानका १५३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसएलसी दिनबाट वञ्चित भएका हुन् ।

जिल्ला शिक्षा कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेकै कारण वञ्चित हुनुपरेको हो । जसमा १०१ जना छात्र र ५२ जना छात्रा रहेको जिल्ला शिक्षा अधिकारी वरखुप्रसाद रजकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “विद्यालयमा भर्ना भएमात्र पुग्छ, एकैपटक परीक्षा दिन गए हुन्छ भन्ने मान्यताका कारण विद्यालयमा विद्यार्थी उपस्थित हुँदैनन् तर शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिर नपुगेमा परीक्षा दिन नपाइने व्यवस्था छ, पढाइ छाडेर भारतलगायत अन्य देशमा जाने भएकाले पनि विद्यालयमा हाजिर हुँदैनन् ।”

यस वर्ष सल्यानबाट सात हजार ५४ परीक्षार्थीले परीक्षा दिने छन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थी परीक्षामा सम्मिलित हुनेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...