Tuesday, March 22, 2016

गाविस सचिव यादव अख्तियारमा

सप्तरी, ९ चैत । आर्थिक अनियमितता गरेको आरोपमो बनैनियाँ गाविसका पूर्वसचिव देवनारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीले गरेको पत्राचारानुसार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीले पत्र पठाएपछि गाविस सचिव यादवलाई प्रहरीले पक्राउ गरी आयोगमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

हाल सप्तरीका औरही र झुटकी गाविसका गाविस सचिव समेत रहनुभएका यादवले आर्थिक हिनामिना गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त यादवविरुद्ध उजुरी परेपछि पक्राउ गरी आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी सुनसरीमा ल्याएको र उनको विषयमा अनुसन्धान भइरहेको आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख रवीन्द्र शर्माले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...