Saturday, March 5, 2016

हचुवाका भरमा उम्मेदवारी दिएको हैन: गगन

Gagan-Thapaकाठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाले पार्टीको पूरै प्रारुप परिवर्तन गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट गर्नुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले महामन्त्रीमा जितेको खण्डमा काँग्रेसलाई आमजनतामा आधारित पार्टी बनाउने दाबी गर्नुभयो ।

युवा तथा दोस्रो पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिएका उहाँले भन्नुभयो –“मैले हचुवाका भरमा उम्मेदवारी दिएको हैन, महिनौँ भयो महामन्त्रीको घोषणा गरेको, हाम्रा पुस्ताका साथी धेरै ‘कम्प्रोमाइज’ गर्दैनन्, त्यसैले यो जोखिम मैले उठाएको हो ।”

काँग्रेसका सांसदसमेत रहेका थापाले पार्टी सभापति स्व सुशील कोइरालाकै कार्यकालदेखि आफूले कोइराला, पौडेल र देउवा तीनैजना शीर्ष नेतालाई अभिभावक बनेर दोस्रो पुस्तालाई नेत्तृत्व छोड्न आग्रह गरेको स्मरण गर्नुहुँदै ‘अहिले काँग्रेस अभिभावकविहीन पार्टी रहेको’ बताउनुभयो ।

महामन्त्रीमा ससुरा अर्जुनरसिंह केसी र बिपीपुत्र डा शशाङ्क कोइरालाको पनि उम्मेदवारी पर्नुलाई सामान्य रुपमा लिनुभएका थापाले भन्नुभयो – “कस्को छोरा वा बुबा लड्नुभएको छ या छैन भनेर मैले लड्ने या नलड्ने निधो गरिन र यसमा सरोकार छैन ।”

जसको जित–हार भएपनि महाधिवेशनपछि पार्टी एकढिक्का भएर जानुपर्नेमा जोड दिँदै उहाँले लोकतान्त्रिक पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...