Wednesday, March 2, 2016

नेपाली चलचित्र प्रेम गित अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुदै

saroj 3

गत प्रणय दिवसको शुभ साईतमा नेपाल अधिराज्य भर प्रदर्शन भएको नेपाली चलचित्र प्रेम गित अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ l यसको लागि मार्चको अन्तिम साता देखि उक्त चलचित्र प्रदर्शन गर्ने जानकारी वरिस्ठ चलचित्र कलाकार सरोज खनालले बताए l

नेपाल अधि राज्य भर प्रदर्शन हुनु अगाडी नै गीतसङ्गीत निकै चर्चामा रहेको यो चलचित्र अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेको छ l युवा निर्देशक सुदर्शन थापाले ‘प्रेम गीत’ युवापुस्तालाई नै लक्ष्यित गर्दै बनाएका हुन् l नेपाली चलचित्र उद्योगमा यस अघि ‘मेरो एउटा साथी छ’ बनाउने निर्देशक थापाले ‘प्रेम कथा’ को निर्देशन गरेका छन् l

saroj 1

चलचित्रको छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएको छ l अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ नेपालमा बनेका चलचित्रहरु मध्ये यो दोस्रो महँगो चलचित्र रहेको बताईएको छ l

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

saroj 4 saroj 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...