Tuesday, March 8, 2016

मुलुकको विकासका लागि औद्योगिक क्रान्ति जरुरी: उद्योगमन्त्री पाण्डे

som-pdr-pandeyइटहरी, २५ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

मन्त्री पाण्डेले आज इटहरीमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटौँ अधिवेशन तथा १७औँ साधारणसभाको उद्घाटन गर्दै देशका पाँच स्थानमा चाँडै नै नयाँ औद्योगिक क्षेत्र विकासका योजनासहित जग्गा व्यवस्थापन गर्ने कार्यलाई मूर्तरुप दिइने बताउनुभयो ।

मुलुकको समग्र विकासका लागि औद्योगिक क्रान्ति ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय सचिव डम्बर रेग्मी र केन्द्रीय सदस्य मुकेश उपाध्यायलगायतले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...