Thursday, March 24, 2016

फेसबुकबाट गाँसिएको सम्बन्ध हत्यासम्म !

timthumb.phpकाठमाडौँ, १२ चैत । फेसबुकमा तीन महिनाअघि चिनजान भएका राजन राईसँग कपनकी भेनिसा लिम्बूको च्याटमा मात्र कुरा हुँदै आएको थियो । राईले ८ फागुनमा लिम्बूलाई फोन गर्दै भेट्ने प्रस्ताव राखे । लिम्बूले भेट्न बौद्धमा बोलाइन् । तीनजना साथीसहित राई गाडीमा लिम्बूलाई भेट्न बौद्धगेटमा पुगे । ठमेलमा गएर केही समय रमाइलो गर्ने राईको प्रस्ताव स्विकार्दै लिम्बू गाडीमा बसिन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

लाइभ म्युजिक हुने ठमेलको हार्ड रक रेस्टुरेन्टमा गएर उनीहरूले बियर खाँदै रमाइलो गरे । करिब पाँच बजे ठमेल पुगेकोमा ११ बजेसम्म उनीहरू त्यहाँ बसे । भेनिसाले पनि बियर पिइन् । सबैले मात्तिने गरी बियर पिएको प्रहरीले जनाएको छ । रेस्टुरेन्टमै राईसहित उनका साथीहरूले भेनिसामाथि अश्लील क्रियाकलाप गरेका थिए ।

ठमेलबाट निस्किएर उनीहरू बौद्ध पुगे । राजन राई र सजित लामा गाडीबाट झरेर आ–आफ्नो घर गए । सनी लामा र गाडीधनी भने गाडीधनीको लाजिम्पाटस्थित अपार्टमेन्टतर्फ लागे । लाजिम्पाटको हिटटेक अपार्टमेन्टको छैटौँ तलामा मासिक ५० हजार तिरेर गाडीधनी युवकले फ्लाट भाडामा लिएका थिए । बौद्धमा घर भए पनि ती युवकले जुवातास खेल्न र अवैध गतिविधि गर्न उनले फ्लाट भाडामा लिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार छोटो भेटमा भेनिसासँग सनी निकट भइसकेका थिए । उनीहरू एउटा कोठामा बसे । सहमतिमै दुईजनाबीच शारीरिक सम्बन्ध पनि भयो । रातको करिब १२ बजे फ्लाटका धनी युवक पनि भेनिसासँग सम्बन्ध राख्न कोठामा पुगेको, तर भेनिसाले नमानेको प्रहरीले जनाएको छ । ती युवकले जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर बाथरुम पुगिन् । बाथरुमभित्रै पसेर जबर्जस्ती गर्न खोज्दा नमानेपछि युवकले भेनिसालाई बाथरुमको झ्यालबाट धकेलिदिएको प्रहरीले जनाएको छ ।

भेनिसा ६ तलामुनि भुइँमा खसिन् । सनी र अर्का युवक तल आएर भेनिसालाई गाडीमा राखे । उनी बेहोस अवस्थामा थिइन् । केही समयपछि उनको होस आयो । तर, अस्पताल नपुर्‍याई त्यत्तिकै घुमाइरहे । उनले पानी मागिन् र एक बोतल पानी पिइन् । पानी पिएसँगै सनीको काखमा बान्ता गरिन् । त्यसपछि उनी नउठेको प्रहरीको भनाइ छ ।

तीनजना पक्राउ

महानगरीय अपराध महाशाखाले घटनामा संलग्न तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । बाथरुमबाट धकेलेर भेनिसाको हत्या गर्ने मुख्य दोषी युवक भने फरार रहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । घटनाको करिब एक महिनापछि सनी लामासहित राजन राई र सजित लामा पक्राउ परेका हुन् । घटनापछि फरार रहेका सजित र राजनलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...