Monday, March 7, 2016

बाँकी पदको मतगणना पार्टी कार्यालय सानेपाबाट

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना मङ्गलबार दिउँसोदेखि सुरु गरिने भएको छ ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसको पार्टी कार्यालय सानेपामा मङ्गलबार १३ः३० बजेदेखि मतगणना सुरु हुनेछ । राष्ट्रिय सभागृहमा सभापतिको मतगणना आज सम्पन्न भयो ।

काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ८२२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभयो भने अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...