Wednesday, March 2, 2016

चन्दा असुल गर्ने दुई पक्राउ

वीरगन्ज, १९ फागुन । स्थानीय निजी विद्यालयमा धम्कीपूर्ण पत्र पठाएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय महेश पटेल र वीरगन्ज उपमहानगरपालिका–१४ का रामबालक प्रसाद रहेका छन् ।

गत शुक्रबार साँझ तेजारथ टोलस्थित साउथ जोन बोर्डिङ स्कूलमा सकेट बम फाल्दा प्रयोग गरिएको ना१२प ७७८ नंको मोटरसाइकलसहित दुवै जनालाई प्रहरीले मङ्गलबार वीरगन्जको गण्डक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले बताउनुभयो ।

तराई जनतान्त्रिक मुक्ति मोर्चाका नाममा उनीहरुले बोर्डिङ स्कूलसँग चन्दा माग्ने र ४८ घन्टाभित्र नदिए कडा कारबाही गर्नेजस्ता धम्कीपूर्ण पत्र पठाउँदै आएका थिए, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो– “पक्राउ परेका पटेलले यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा दुई पटक जेल सजाय भोगिसकेका छन् । पक्राउ परेका अर्का व्यक्ति रामबालकले पनि यसअघि लागुऔषध चरेस र सेतो हेरोइन मुद्दामा पक्राउ गरी कैद सजाय भोगिसकेका छन् ।

आफूलाई मोर्चाको अभय सिंह र सागर सिंह भन्ने र त्यही नामबाट स्कूलका सञ्चालक र शिक्षकलाई फोन गरी धम्क्याउने र पैसा असुल्ने कार्यमा दुवै जना संलग्न रहँदै आएको पनि प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...