Wednesday, March 23, 2016

बेलायती राजकुमार ह्यारी थप ६ दिन नेपाल बस्ने, एकाएक किन बढाए भ्रमण ?

ramsharan-300x287

काठमाडौं, १० चैत । पाँच दिने भ्रमणमा नेपाल आएका बेलायतका राजकुमार ह्यारीले भ्रमण अवधि बढाएका छन् । विहीबार (भोली) फर्कने गरेर नेपाल आएपनि ह्यारीले थप ६ दिन नेपाल भ्रमण गर्ने बेलायती राजदरबारले ट्वीट गरेको छ । पाँच दिनको बसाईमा नेपाल घुम्दा मन लोभिएपछि उनी थप ६ दिनका लागि रोकिएका हुन् । यसक्रममा उनले नेपालमा केही समाजिक कार्यहरु सुभारम्भ गर्नेछन् । बेलायती राजदरबारद्धारा गरेको ट्वीटअनुसार राजकुमार ह्यारीले ग्रामीण भेगमा स्वयंसेवी समूहसँग भूकम्प पीडितको राहतका काम गर्नेछन् भने भूकम्पले भत्केका विद्यालय निर्माणमा पनि समय खर्चने छन् । यसअघि उनले भूकम्प पीडितलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...