Wednesday, March 2, 2016

छुरा प्रहारको अभियोगमा पक्राउ

विराटनगर, १९ फागुन । विराटनगर–७ मा आज छुरा प्रहारबाट दुई जना घाइते भएका छन् । कटहरि–१ सिंग्याही खोलापारी बस्ने २२ वर्षीय जितेन्द्र सहनी र सोही ठाउँ बस्ने २५ वर्षीय सञ्जय साह घाइते भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

घाइते दुवैजनालाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ र सहनीको अवस्था गम्भीर छ । सामान्य विवादका क्रममा सोही ठाउँ बस्ने २० वर्षीय अजयकुमार कामतलगायत अन्य दुई जनाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारको अभियोगमा कामतलाई पक्राउ गरीएको र अन्य दुई जनाको खोजतलास जारी रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...