Wednesday, March 23, 2016

हावाहुरीले घाइते

धुन्चे (रसुवा), ११ चैत । बुधबारको हावाहुरीका कारण यार्सा गाविसमा १० जना घाइते भएका छन् ।

यार्सा–७ लाङ्बुका समाजसेवी सेसाङदावा तामाङका अनुसार हावाहुरीले यार्साको २ र ३ नं बाहेक सबै वडा प्रभावित हुँदा त्यहाँका अधिकांश मानिस सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा यार्सा–७ का २५ वर्षे श्यामबहादुर तामाङ, २३ वर्षे दावा तामाङसमेतका १० जना रहेका छन् । उनीहरुको लाङ्बु मिनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

भूकम्पपछि राहतमा प्राप्त दुई बन्डल जस्ताले बनाएको अस्थायी छाप्रोसमेत उडाउँदा बसोबासमा समस्या परेको समाजसेवी तामाङले बताउनुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबारै बसेको आपत्कालीन बैठकले क्षति विवरण तयार गरी केन्द्रमा राहत माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...