नेपाली कलाकार महासंघ, डल्लास च्याप्टरले आउदो नेपाली नयाँ वर्ष २०७३ (विक्रम संवत) भव्यताका साथ मनाउने भएको छ। नयाँ वर्ष को सो अवसरमा आगामी अप्रिल ९ तारिकका दिन डल्लासमा बृहत सस्कितिक कार्यक्रम गर्न लागिएको हो ।
डल्लास फोर्ट वोर्थ को आसपासमा रहेका नेपाली कलाकारहरु मिलेर बरिष्ठ हास्यकलाकार नारायण त्रिपाठीको संयोजकत्वमा करिब एक महिना अगाडी डल्लास च्याप्टरको गठन भएको थियो। नेपाली कला सस्कृति र कलाकारको हकहितको लागि गठन गरिएको उक्त समितिले गर्न लागेको सास्कृतिक कार्यक्रम टेक्सासमा रहने कलाकार हरुको मात्रै सम्लंग्नातामा गर्न लागिएको हो। ठुलो संख्यामा नेपालीहरुको बसोबास रहेको यो क्षेत्रमा धेरै नेपाली कलाकार रहेका र कलाकारको कलाकारितालाई निखार्न साथै कलाकारिता लाई मर्न नदिन पनि सास्कृतिक कार्यक्रम हरु आयोजना गर्नु पर्ने निर्णय गर्दै त्यसको सुरुवात नेपाली नया वर्ष २०७३ बाट गर्न लागिएको हो।
हामीसंग कुरा गर्दै समितिका संयोजक तथा नया वर्षको सास्कृतिक कार्यक्रम आयोजक समितिका संयोजक नारायण त्रिपाठीले आफ्नो जन्म भुमि बाट टाढा भए पनि मौलिक नेपाली कलाकारिता हेर्न यो क्षेत्रमा बसोबास गर्ने नेपालीहरु सधै तयार रहेको बताउदै सधै नेपाल बाट अथवा अर्को स्थान बाट कलाकार ल्याएर मात्र कार्यक्रम गर्दा यहाँका वालबच्चाको वाल मनोविज्ञानमा नेपाली कलाकार भनेको नेपाल मा बस्ने मात्र हुने रहेछन भन्ने भ्रम पर्ने साथै उनीहरुमा कलाकारिता प्रति रुचि नबढ्न सक्ने बताउनु भयको छ। सधै कमेडी मूडमा प्रस्तुत हुने त्रिपाठीले अलिक भावुक हुदै भन्नु भयो ‘कला सस्कृति भनेको एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरिने उपहार हो र यस को जगेर्ना गर्नु नयाँ पुस्ताको दायित्व हो ,त्यसैले पनि हामीले अमेरिकामा जन्मिएका नेपाली तथा नेपाल भाषी भुटानीका वालबच्चालाइ कला सस्कृति सिकाई सिनेमाको पर्दा र टेलिभिजनको स्क्रीन स्क्रीन सम्म पुर्याउनु पर्छ ।
सस्कृति जोगाउने काम विदेश मा कलाकार ले मात्र गर्न नसक्ने बताउदै यहाँका ब्यापारी, बुद्धिजीवि, समाजसेवी, बिद्यार्थी लगायतको पनि संग्लाग्नाता अपरिहार्य रहेको त्रिपाठी ले बताउनु भयको छ। उक्त कार्यक्रम मा आफ्नो दरिलो उपस्थिथि को लागि यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनसमुदायलाई तयार रहन कलाकार संघ ले आह्वान पनि गरेको छ।
No comments:
Post a Comment