Thursday, March 24, 2016

डिसीबासीले लक्ष्मी प्रतिष्ठानका गौतमलाई एकै बसाईमा १३ लाख जुटाई दिए

b8

गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानका गतिबिधिहरुको प्रस्तुति संजाल विस्तारका लागि आयोजना गरिएको अन्तर क्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायले लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई एकै बसाईमा १३ लाख जुटाई दिएका छन् l

उक्त रकम डिसी महानगर क्षेत्रमा बसोबास गर्ने बिभिन्न पेसामा रहेका ७६ जना नेपाली समुदायले चन्दा रकम हस्तान्तरण गरेको जानकारी समाज सेवी दधिराम ढुंगानाले दिएका छन् l

उक्त चन्दा कार्यक्रम स्थल मै बिष्णु गौतमलाई दिएका थिए भने चन्दादाताले नगद ,धनादेश (चेक) तथा कार्यक्रममा उपस्थित हुदा रकम नल्याएकोले लागोमा दिने प्रतिज्ञा सहित १२ हजार १ सय अमेरिकन डलर संकलन गरि संस्थापकलाई हस्तान्तरण गर्ने भएका छन् l

b15

प्रतिष्ठानका संस्थापक गौतमले कसरि संस्था जन्मियो र कस्ता कस्ता अप्ठ्यारा लाई चिर्दै संस्थाले गरेको उपलब्धि मध्ये बिशेष चेपांग समुदाय ,,भूकम्प पिडित ,सौर्य उर्जा तथा शिक्षा क्षेत्रमा अद्वितीय काम गरेको प्रस्तुतिले उपस्थित डिसी बासि स्व स्फ्रुत उत्प्रेरित भै आर्थिक सहयोग जुटेको हो l आर्थिक सहयोग गर्न ओईरो लागेको थियो l कार्यक्रम स्थलमा रकम दिन नसकेता पनि घरमै भेटघाट गरेर भए पनि लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई चन्दा अझ पनि दिने क्रम जारी छ l

b 16

उक्त कार्यक्रममा ब्यबसायी तथा समाजसेवी राजिव मैनालीले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की तथा बिशेष अतिथिमा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम हुनु हुन्थ्यो l कार्यक्रममा आजीवन सदस्यहरुको घोषणा गरिएको पनि थियो भने कार्यक्रम ब्यबस्थापनको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह राम बस्याल ले गरेका थिए l

IMG_7945

b3

IMG_7926

b10

डिसी महानगर क्षेत्रबाट चन्दा दिने समुदायको नामावली यस प्रकार छ :

laxmi pratisthan

laxmi pratisthan-page-001

laxmi pratisthan-page-002

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...