Monday, March 7, 2016

पन्ध्र गाविसमा हात्तीपाइले उच्च जोखिममा

ilam-mapइलाम, २४ फागुन । इलामका १५ गाविस हात्तीपाइले रोगेको उच्च जोखिममा रहेका छन् ।

दानाबारी, चुलाचुली, बाँझो, साकफारा, जिर्मले, इरौंटार, महमाई, माइपोखरी, जमुना, फूएतप्पा, शान्तिपुरलगायतका गाविस यो रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भारत, झापा तथा मोरङसँग सीमा जोडिएका गाविस भएकाले बाहिरबाट रोग सर्ने सम्भावना भएकाले उच्च जोखिममा रहेको कार्यालयका भेक्टर कन्ट्रोलर विमल बरालले जानकारी दिनुभयो । यो रोगबाट जिल्लामा ३० जना प्रभावित भएका छन् ।

जोखिममा रहेका दुई लाख ६५ हजार जनसङ्ख्यालाई यो वर्ष हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने कार्यक्रम तय भएको बरालले बताउनुभयो ।

कार्यालयले फागुन २९ गतेदेखि चैत १ गतेसम्म जिल्लाका एक हजार ९२५ केन्द्रबाट हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको छ ।

सन् २०१८ बाट नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यका साथ विगत चार वर्षदेखि निरन्तर यो अभियान सञ्चालन भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...