Sunday, March 27, 2016

राजकुमार हयारीलाई हेर्दा

463cf9d0-82dd-4341-b6e4-647166dd1b98
राजकुमार हयारीको नेपाल भ्रमणको क्रमलाई हेर्दा केहि लेख्न मन लाग्यो। ईतिहासको पन्न पल्टाउँदा ई. स. १८१५ मा ब्रिटिश र नेपाललाई जोड्ने मैत्रीपूर्ण पूल ब्रिटिश गोर्खा आर्मीको माध्यम द्वारा दुई देशको बिचको सम्बन्ध कायम हुदै आएको लामो ईतिहासलाई ब्रिटिश राजकुमार हयारीले विश्वजगतमा भूकम्पले तहसनहस बनाएको नेपालप्रतिको सोचलाई सकारात्मक समाचार दिएर दुई देशको बिचको सम्बन्धलाई अझ बलियो बनाएको छ भने नेपालको पर्यटनमा पनि ठुलो टेवा पुग्न सक्ने अवसर बनेको छ।

विश्वको एक बिकसित र धनि देश ब्रिटिश राजपरिवारमा हुर्केको राजकुमार हयारीले नेपाल र नेपालीबाट पाएको सच्च माया र सम्मानको हृदयदेखि कदर गर्न जाने र नेपालको शहर देखि गाउँ सम्म पुगेर गाउँलेहरुले बिताई रहेको जीवनको प्रत्यक्ष अनुभव समेत गरेर फलेको वृक्ष निहुरिन्छ भन्ने ज्वालांत उदाहरण दिए। जसले विश्वजगतमा बेलायति राजपरिवारप्रतिको आस्थालाई राजकुमार हयारीको यस महानताले घट्नुको सट्ट अझ उच्च बनाएको छ।

राजकुमार हयारीलाई हेर्दा हाम्रो नेपालको राजकुमारहरुको सम्झना आयो र गुगोल गरेर हेरे। बिगतलाई सम्झदै अगाडिको फोटो हेरे न त मुहारमा मुस्कान न त केहि उमङ्ग नै, फेरी बेलायति राजकुमारलाई हेरे मुहारमा मुस्कान शरीरमा उमङ्ग देखे र चित्त बुझाउनु नै पर्यो। संस्कारले दिएको घमण्ड र गर्वमा कसको के दोष यदि हाम्रा राजपरिवारलाई पनि त्यस्तो सस्कार र शिक्षा पाउदो हो त मानव भन्दा ठुलो हुने ईच्छा कहिल्यै राख्ने थिएनन होला, राजदरबार भित्रको कालो पर्दामा बस्नु पर्ने थिएन होला।

आज एउटा असल मानवको रुपमा नेपालका राजकुमार भनेर विश्वजगतले आस्था राख्ने थियो होला। राजकुमार हयारीको नेपाल भ्रमणको गतिविधिलाई हेर्दा मान्छे जन्मले होईन कर्मले महान बन्छ भन्ने भनाई साच्चै लाग्यो। म राजकुमार हुँ भनेर उसले आफ्नो स्थान अरुको भन्दा फरक बनाउदथ्यो भने उनले जीवनमा गाउँलेको अनुभव कहिल्यै पाउँने थिएन। अनुभवले नै जीवन धनि बनाउछ भन्छन राजकुमार हयारीलाई हेर्दा उनको जीवन धन्य लाग्यो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...